बुटवलको एक कोल्ड स्टोरमा विक्रिका लागि राखिएको कोकाकोलामा लेदो भेटियो

– उमाकान्त पाण्डे गाउंले  
बुटवलको एक कोल्ड स्टोरमा विक्रिका लागि राखिएको कोकाकोलामा लेदो भेटिएको छ । बुटवल ११ तिनकुने स्थित आस्था कोल्ड स्टोरमा विक्रिका लागि राखिएको २ सय ५० एमएलको कोकाकोलामा अखाद्य लेदो भेटिएको हो । 
बेच्नका लागि भनेर क्यारेक्टबाट कोकाकोला निकाल्दा बोतल बाहिरैबाट देखिने जमेको बाक्लो च्याउ आकारको लेदो भेटिएको कोल्ड स्टोरका संचालक राम बहादुर थापाले बताउनुभयो । गुणस्तरहिन र अखाद्य बस्तु मिसाएर सामान आउने गरेको उहाको गुनासो छ । भर्खर ब्यवसाय शुरु गरेका थापाले गुणस्तरहिन बस्तु उत्पादन गर्ने र अखाद्य बस्तु मिसाउने कम्पनीलाई कारवाही गर्न माग गरेका छन । अखाद्य र गुणस्तरहीन बस्तुकै कारण चिसो पेयपदार्थको विक्रि घटेको उहाको भनाई छ । 
कृष सप्लायर्स मार्फ थापाले कोकाकोला खरिद गरेका हुन । सिसाको बोतलको कोकाकोलाको माथिल्लो भागमा जमेको च्याउ आकारको पदार्थ र पिधमा लेदोका टुक्राहरु भेटिएको हो । कोकाकोला सप्लायर्सले  भने लिकेजका कारण यस्तो भएको प्रतिक्रिया दिएको छ । उपभोक्ताको स्वास्थयमाथि खेलवाड गरेर पटक पटक कोकाकोलामा लेउ,लेदो र अन्य अखाद्य बस्तु भेटिन थालेका प्रशाशनले कारवाही गर्नुपर्ने उपभोक्ताहरुको भनाई छ ।