जिल्लामा राष्ट्रिय जनमोर्चा /संघीयता राष्ट्रको लागि खतरा

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले संघीयता राष्ट्रियताको बाधक बनेको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरणका विषयमा जानकारी दिन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संघीयताको खारेजीको लागि राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने बताए ।
माओवादीले कम्युनिष्टको नाममा राष्ट्रविरोधी काम गरिरहेको आरोप लगाउदै नेता केसीले कम्युनिष्ट विरोधी गति विधीहरुलाई समाप्त पार्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने बताए ।
युरोपिययन युनियनका राष्ट्रहरु नेपालमा जातीय लडाई बढाउनका लागि अरवौं खर्च गर्न तयार रहेको आरोप लगाउदै नेता के.सी.ले जातीय रुपमा नेपाललाई विभाजन गर्ने तयारी भैरहेको दावी समेत गरे । राजनीतिक दलका नेताहरु नै विदेशीको इशारामा नाचेका कारण समस्या झन पेचिलो भएको उनको भनाई रहेको थियो ।
कार्यक्रम राजमोका जिल्ला सल्लाहकार शेर बहादुर वि.सी.को सभापतित्व, सहसचिव पशुपति ढकालको स्वागत मन्तव्य र सचिव थम्मन के.सी.को सञ्चालनमा सम्पन्न भएको हो ।
पार्टीमा प्रवेशको क्रम बड्यौ :यसैविच चुनढंगा उत्खनन रोक्का संघर्ष समितिका अध्यक्ष पदम के.सी. जनमोर्चामा प्रवेश गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै के.सी.ले राष्ट्रियता प्रति बलियो अडान रहेको र एकमात्र माक्सवादी पार्टी भएका कारण आफु जनमोर्चामा प्रबेश गरेको बताए ।
( Umakanta Pandey, International & Middle East Editor of Arghakhanchi.Com in Nepal contributed to this report).
 
 
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु