विघटित संविधान सभाको दोस्रो ठुलो दल नेपाली कांग्रेस ताजा जनादेशको पक्षमा

नेपाली कांग्रेस मुख्यालयविघटित संविधान सभाको दोस्रो ठुलो दल नेपाली कांग्रेसका अधिकांश नेताहरुले नयाँ निर्वाचनमा जोड दिएका छन्।


एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शनिबार तीन दलको वैठकबाट संविधान सभा पुनर्स्थापनाको संभावना बढेको बताए थिए।


त्यस्तो खबरकामाझ कांग्रेसको केन्द्रिय समितिको वैठकमा बोल्ने अधिकांश नेताहरु संविधान सभाको निर्वाचन वा संसदको निर्वाचनको पक्षमा रहेको नेताहरुले बताए।


केहि दिनदेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रिय समितिको वैठकमा वर्तमान संकटबाट देशलाई कसरी निकास दिने भन्ने विषयमा छलफल भइरहेको छ।

सो पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडुका अनुसार वैठकमा बोल्ने अधिकांश सदस्यहरुले निर्वाचनमा जानु अघि राष्ट्रिय सहमतिको वातावरण निर्माण हुनु पर्नेमा जोड दिए।