बाबुराम भट्टराई सरकारद्धारा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बृद्धि, ग्यासमा ५५ रुपियाँ, पेट्रोलमा ५ रुपियाँ बढ्यो

काठमाडौँ – काठमाडौंबाट प्राप्त समाचार अनुसार नेपाल आयल निगमको सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउसँगै मासिक घाटा एक अर्ब १७ करोड नाघेपछि भाउ बढाउनु परेको सञ्चालक समितिले बताएको छ।


समाचार अनुसार निगमले सबैभन्दा बढी भाउ खाना पकाउने ग्यासमा बढाएको छ। ग्यास प्रति सिलिन्डर ५५ रुपियाँले बढेको छ। त्यसैगरी पेट्रोलमा प्रति लिटर ५ रुपियाँ   र मट्टितेल र डिजेलमा प्रति लिटर चार रुपियाँ बढेको छ।

भाउ बढेपछि काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको १ सय २५ रुपियाँ, डिजेल र मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपियाँ पर्नेछ।