अमेरिकाद्धारा अफगानिस्तानका नयाँ भर्ना हुने अफगान स्थानीय प्रहरी एएलपीका जवानलाई तालिम दिने प्रक्रियामा रोक

अमेरिकाले अफगानिस्तानका नयाँ भर्ना हुने अफगान स्थानीय प्रहरी अर्थात एएलपीका जवानलाई तालिम दिने प्रक्रिया रोकेको छ ।

 

अफगानिस्तानमा कार्यरत नेटो सेनामाथि अफगानी सुरक्षाकर्मीको भेषमा आक्रमणका घटना बढ्न थालेपछि स्थानीय प्रहरीको तालिम प्रक्रिया रोकिएको अमेरिकी सेनाले जनाएको छ ।

 

अमेरिकी सेनाले अहिले झण्डै एक हजार अफगानी प्रहरीलाई तालिम दिइरहेको छ ।

 

अमेरिकी सेनाका कर्णेल थोमश कोलिनले अफगानी प्रहरीबाट बिश्वाशिलो वातावरण सिर्जना भएमा तालिम प्रक्रिया पून चालु गरिने बताएका छन् ।

 

तर अमेरिकी फौजले सशस्त्र प्रहरीलाई भने तालिम दिने कार्य जारी राख्ने भएको छ ।