अर्घाखाँचीमा बिजुलीले फेरिएको जीवन पद्धति

– विनोद गैरे


अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको दुर्गम गाउँहरु झलमल्ल भएका छन् । नेपाल विद्युत प्राधिकरण र स्थानीय बासिन्दाहरुको प्रयासमा जिल्लाका ३५ गा.वि.स.मा विद्युत लाइन बिस्तार भएपछि यहाँका गाउँहरु झलमल्ल भएका हुन् ।


२०४८ सालमा सदरमुकाम सन्धिखर्कमा विद्युत बलेको थाहा पाएर २ दिनको बाटो हिंडेर विद्युत बलेको  हेर्न आएका जिल्लाबासी आफ्नै घरमा झलमल्ल विद्युत बलेपछि दङ्खभएका छन् ।


स्थानीय बासिन्दाहरुले गाउँमा विद्युत लैजान सामुदायिक वनको काठ, गाउँको छेउछाउका सार्वजनिक जग्गा, बाटोको नजिकै रहेका घडेरीहरुसमेत बिक्री गर्नुका साथै हलका गोरु, दुहुनो भैंसी, श्रीमतीले लगाउने गरगहना र घरमा राखिएका अन्य जिन्सी सामान बिक्री गररै भए पनि गाउँमा विद्युत पुयाएर घरघरमा  विद्युत लाइन जडान गरेका छन् ।


४२ गा.वि.स. रहेको यस जिल्लामा हंसपुर, गोखुङ्खगा सिमलपानी, सुवर्णखाल, सिद्धारा, जुकेना र धनचौर बाहेकका सबै गाविसहरुमा आंशिक रुपमै भएपनि विद्युत सेवा बिस्तार भएको छ ।


विद्युत सेवा नपुगेका गा.वि.स. हरुमा छिटो लाइन पुयाउने र विद्युत सेवा आंशिक पुगेका गा.वि.स.हरुमा पनि लाइन बिस्तारका लागि काम भइरहेको जिल्ला विद्युत प्राधिकरण कार्यालयले जनाएको छ ।


जिल्लामा १ सय ४ वटा टान्सफर्मर बाट १४ हजार पाँच सय मिटर जडान गरी करिब ७५हजार ८ सयार व्यक्तिलाई विद्युतसेवा पुयाएको प्राधिकरणले जनाएको छ ।

 

प्रजातन्त्रको प्राप्तिपछि यस जिल्लामा विद्युतका क्षेत्रमा भएको विकासलाई महत्वपूर्ण रुपमा लिइएको छ


५ लाख रुपैयाँको सरकारी लगानीमा ६० लाखसम्मको जनश्रमदान तथा स्थानीय कोष र चन्दा संंकलनबाट रकम जुटाएको स्थानीय बासिन्दाहरुको भनाइ छ । अहिले यहाँका स्थानीयबासिन्दाहरु रेडियो र टेलिभिजनबाट देशविदेशका गतिविधिहरु आफ्नै घरमा बसेर हेर्न,सुन्न पाएका छन् ।


जिल्लाका दुर्गम ठाउँसम्म पनि केबुल लाइनको बिस्तार गरिएकाले चाहेअनुसारको टेलिभिजन च्यानल हेर्न पाएको स्थानीय बासिन्दाको भनाइ छ ।


विद्युत आएपछि गाउँमा कम्प्युटर राखेर इमेल इन्टरनेट संचालन गर्नेहरुको संख्यामा पनि निक्कै वृद्धि भएको छ, अँध्यारोका कारण बेलुका साँझमै  सुत्ने विद्यार्थीहरुले पनि राति अबेरसम्म पढ्ने गरेको अभिभावहरुको भनाइ छ ।


गाउँमा विद्युत आएर भरपुर फाइदा लिन पाएका स्थानीय बासिन्दाहरु विद्युत आउनेजाने समस्याबाट भने निक्कै पीडित भएको बताउँछन् । आवश्यक परेको समयमा विद्युत नआउँदा आफ्नो कामकाजमा निक्कै अप्ठ्यारो भएको उनीहरुको गुनासो छ । अर्घाखाँची जिल्ला लोडसेडिङ्खमुक्त जिल्ला हुँदाहुँदै पनि लाइन जाने समस्याले निक्कै सताएको उनीहरुको भनाइ छ ।


यता विद्युत प्राधिकरणका कर्मचारीहरु भने समयसममयमा विद्युतको लाइन जानुमा आफ्नो कुनै दोष नरहेको बताउँछन् । पाल्पा सवस्टेसनबाट कन्ट्टोलिङ्ख गरी पाल्पादेखि गुल्मी हुँदै, अर्घाखाँची लाइन ल्याउँदा लामोदूरी भएका कारण पाल्पा र गुल्मी जिल्लामा विद्युत अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर अर्घाखाँचीमा पर्ने भएकाले जिल्ला भित्रको विद्युतलाई व्यवस्थित गर्दागर्दै पनि बाहिरी जिल्लामा आएको समस्याका कारण नियमित रुपमा विद्युतसेवा दिन नसकेको बताउँछन् ।

 

गाउँमा विद्युत आएपछि गाउँ छोडेर सहरबजार बस्ने प्रवृत्तिमा कमी आएको छ । हलो, कोदालो र हँसिया चलाउने किसानहरुले बिस्तारैबिस्तारै कम्प्युटर चलाउन थालेका छन् । द्दन्द्दको समयमा सुनसान बनेका गाउँहरुमा विद्युतको उज्यालोसँगै क्रमश चहलपहल बढ्न थालेको छ ।


३ वर्ष पहिलेको तुलनामा अहिले जग्गाको मूल्य पनि ३ गुनासम्म आकाशिएको स्थानीय बासिन्दाको भनाइ छ । ३, ४ वर्ष पहिलेसम्म गाउँमा जग्गा बिक्री गर्न हिंड्नेहरु आजभोलि जग्गा खोज्दै हिड्न थालेको खनदहका रोमार्हष खनाल बताउँछन् ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।