काठमाडौं । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
७७ बर्षिय सिंह मृगौला र हाड तथा नसा सम्बन्धी रोगबाट पीडित छन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।
सिंह राष्ट्रपति चुनावमा नेकपा माओवादीका तर्फबाट उम्मेद्वार बनेका थिए ।