अर्घाखाँचीमा एमाओवादी संगठन निर्माणमा/जनवर्गिय संगठनको भेला तथा प्रशक्षिण सम्पन्न

– गणेश खनाल



अर्घाखाँची –  एकिकृत नेकपा माओवादी निकट जनवर्गिय संघ संगठनको बैठक तथा प्रशिक्षण कार्यक्रम सन्धिर्खकमा सम्पन्न भएको छ ।

 


 

कार्यक्रममा मन्तव्य राख्ने  बत्ताहरुले केहि दिनमै राष्टिय निकास निस्कने बताएका छन् । जिल्लाका क्रियाशिल रहेका भातृ संगठनलाई सम्बोधन गदै नेताहरुले दलहरु विच संसद पुन:स्थापना गरि सहमति भएका विषयलाई सविधान सभाबाट टुङ्गगाउने र अन्य विषय पछि बन्ने व्यवस्थापिका संसदले निकास किाल्ने विषयमा दलहरु विच लगभग सहमति भएको बताएका छन् । 

 


 

एक फरक पसङ्गगमा नेताहरुले जिल्लामा पार्टी मजबुत रहेको बताउदै बैध पक्ष संग कुनै राजनितीक सास्कृतिक भिजन नभएकाले दिर्घकालमा पतन भएर जाने दावी गरेका छन् । पाटी भित्र विगतमा केहि समस्या रहेको भन्दै सातौ विस्तारीत बैठकले त्यसलाई टुङ्गगाएको नेताहरुको भनाई थियो । 

 


 

यसरी मन्तव्य राख्नेहरुमा माओवादी केन्द्रिय आयोजक समितीका सदस्य चन्द बहादुर खड्का उज्ज्वल,कमल खनाल,जिल्ला संयोजक गोवीन्द के सी प्रकास,निर्वतमान जिल्ला सचिव ठाकुर कुमार विक किशोर हुनुहुन्यो । 

 


 

एकिकृत नेकपा माओवादी जिल्लामा केहि समय यता संगठन निर्माण तथा प्रशिक्षणलाई त्रि्रता दिएको छ । भेलामा १९ जनवर्गिय संगठनका जिल्ला संयोजकहरुले रिपोटिङ्ग गरेका थिए । 

 


 

यस्तै भेलाले जनवर्गिय संगठनहरुको असोज भित्र जिल्ला भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । जस अनुसार कान्तिकारी पत्रकार संघ नेपालको भेला असोज ७ गते गर्ने जनाईएको छ । 






Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु