इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेका १२ गाडी नक्कली

– कृष्ण खनाल 
इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देही जिल्ला र जिल्लाको आसपासमा विभिन्न गल्ती देखाइ पक्राउ गरेका गाडीहरु सोमबार पत्रकार सम्मेलन गरि र्सार्वजनिक गरेको छ । 
इलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक  रामेश्वर कार्कीले र्सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेमा अधिकांश महेन्द्रा कम्पनीका गाडी छन् । बलेरो क्याप, मारुती सुजुकी, हुण्र्डाई सेन्ट्रो रंग एफ.आर. लगायतका गाडीहरु र्सार्वजनिक भएका हुन् । 
कार्कीका अनुसार अनुसन्धान पश्चात नक्कली प्रमाणित भएका सवारी साधनहरु १२ वटा रहेको र सक्कली प्रमाणित भएका सवारी साधनहरु ३ वटा मात्र रहेको बताए । 
नक्कली ठहरिएका गाडीहरु भे१च ४१०, लु१ज ७७४, लु१च १६७३ ,लु१ज १२९८, लु१ज ९२८, लु१ज ३०८५, लु१ज १८७६, ग१च २४८४, लु१ च १७३०, लु१ज ५५७, लु१ज १०१९, लु१ज २०९४ रहेका छन् भने सक्कली ठहरिएका गाडीहरु लु१ ज१४०७, लु१ ज ७७३, बा७च १६८१ रहेका छन् । इन्जिन चेचिस फेरेका गाडीहरु बढी मात्रामा रहेको कार्कीले बताए । 
गाडी पक्राउ गर्दा केही गाडी बनाउने क्रममा पक्रिएका थिए भने कसैलाई ब्लु बुक ,लाइसेन्स र मादक पदार्थ सेवनका कारण पक्रिएका थिए । कार्कीले सक्कली ठहरिएका गाडीहरु सम्बन्धित मान्छेलाई बोलाएर कानुन बमोजिमको जरिवाना लिई फिर्ता गरिने बताए  । 
नक्कली ठहरिएका गाडीहरुलाई सम्बन्धित ठाउमा बुझाई कानुन अनुसार मुद्धा चलाउने बताए ।