बेलायती पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचरले लगाएका सातवटा कोटहरु ७३ हजार पाउण्डमा लिलामी

ब्रिटेन – बेलायती पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचरले लगाएका विभिन्न सातवटा कोटहरु ७३ हजार पाउण्डमा लिलामी भएको छ । बिसौं शताब्दीमा बेलायतको ईतिहासमै सबैभन्दा बढी समय प्रधानमन्त्रीको पद समालेकी थ्याचरको एउटै कोट २५ हजार पाउण्ड सम्ममा लिलामी भएको छ ।


 सन् १९७५ मा पार्टी नेता चुनीएको दिन थ्याचरले लगाएको हरियो उलन शुट बेलायतकै एकजना बेनामे खरिदकर्ताले २५ हजार पाउण्ड स्टर्लीङ खर्चिएर किनेका छन् । यसवाहेक अन्य ६ जोर शुटभने दक्षिण कोरीयाका एक जना व्यपारीले अनलाईनमार्फत लिलामी गरी ४८ हजार पाउण्डमा खरीद गरेका हुन् ।


लिलामीमा राखीएका सबै शुटको न्युनतम कबोल मुल्य १ हजारदेखी १५ सय पाउण्ड राखिएको थियो । सन् १९७९ देखी ९० सम्म ११ वर्ष बेलायतको प्रधानमन्त्री बनेकी थ्याचरले तत्कालीन अमेरीकी राष्ट्रपति रोनाल्ड रेगनलाई भेट्दा बोकेको ह्याण्ड ब्याग गत वर्ष २५ हजार पाउण्डमै लिलामी भएको थियो ।

 

– Agencies