– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची ठाडाका रामचन्द्र श्रेष्ठ बैदेशिक रोजगारका लागि दुबइ गएका थिए । उनलाई त्यहा जन्डिस भएको भनेर मेडिकल रिपोर्ट आए पछी उनी नेपाल फर्केका हुन । आफ्नो गाउमा गएर उपचार गर्ने भनेर नेपाल फर्केका श्रेष्ठ गाउमा रहेको स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएर धन्नै मृत्युको मुखमा परेरन । उनलाई बुटवलमा ल्याएर उपचार गराइदै छ । स्रोतका अनुसार उपचार गर्न स्वास्थ्य केन्द्र पुगेका श्रेष्ठलाई त्यहाका कर्मचारीले गाउमै झारफुक गरी उपचार गरे जन्डिस ( पहेले) रोग निको हुने अर्ती दिएका थिए ।
ति गाविसका स्वास्थ्य केन्द्रहरुमा डाक्टर नहुँदा बिरामीलाई मर्का परेको हो ।
बल्कोट अर्घाखाँचीको पुर्वी गाविस हो भने ठाडा दक्षिणी गाविस । बल्कोटको स्वास्थ्य केन्द्रमा डा. नभएको ४ महिना भयो । उता ठाडामा झन ६ महिनायता डाक्टर छैनन् । जसले गर्दा स्थानियलाई सास्ती भएको छ ।सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् भने सामान्य उपचारका लागि ठूलो रकम र समय खर्चिनुपर्ने बाध्यता भएको गुनासो छ । ठाडामा रहेको स्वास्थ्य केन्द्रले ७ वटा गाविसका बिरामीलाई हेर्ने गर्छ भने बल्कोट स्वास्थ्य केन्द्रले ६ गाविसका बिरामी हेर्नु पर्ने ब्यबस्था गरिएको छ । तर ति केन्द्रमा कही डा. को नियुत्ती छ त कही छैन ।
नियुत्ती पाएर आएका बल्कोट केन्द्रका डा. सुशील थापा पढाइ बिदामा रहेकाले बल्कोट स्वास्थ्य केन्द्र अहिले डा. बिहिनको अवस्थामा पुगेको हो । डा. बिहिन हुँदाको प्रत्यक्ष असर सर्वसाधारणलाई पर्ने गरेको छ ।
ठाडामा चैत २३ देखि करारमा कार्यरत रहेका डा. सूर्यप्रसाद रिमालको पदावधि सकिएको र अर्को व्यवस्था अहिले सम्म नगरिएकोले केन्द्र डाक्टरविहीन बनेको हो ।
डाक्टर नहुँदा सामान्यबाहेक अरू बिरामीलाई फिर्ता पठाउनुपरेको ठाडा केन्द्रका जनस्वास्थ्य निरीक्षक पीताम्बर अधिकारीको भनाइ छ । ‘केन्द्रलाई डाक्टर पठाउन जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागमा अनुरोध गरेको भए पनि अहिले सम्म डा. नपाएको अधिकारीले जानकारी दिए । उनका अनुसार दैनिक स्वास्थ्य केन्द्रमा ७ गाविसका ५० देखि ६० बिरामी आउँछन्, जसमध्ये अधिकांश बिरामीलाई डाक्टर नभएकाले फिर्ता पठाउनु पर्छ ।’डा. नभएकोले दक्षिणी क्षेत्रका ७ गाविसका बिरामी बुटवल वा कृष्णनगर जान बाध्य छन् । ‘यति बेला भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप केन्द्रमा छ ।’ उनका अनुसार ‘गत हप्ता एकै दिन १ सय जना बिरामी आएकोमा अधिकाशंलाई उपचार नगरि फर्काउनु परेको थियो।’अधिकारीका अनुसार ठाडामा तीन शय्या छन । जसमा दुई अहेव, ३ अनमी र १ स्टाफ नर्सको दरबन्दी छ । तर पनि सबै पद खाली खाली छन् । २ अहेवले बिरामीको उपचार गरेका छन् । विकट ठाउँबाट उपचारका लागि आउनुपर्ने तर डा. नभए पछी फर्किनु पर्ने बाध्यता छ । केन्द्रमा आइपुग्न सिद्धारा, सिमलपानीबाट करिब सात घन्टा पैदल हिँड्नु पर्छ। जलुके, जुकेना, सुवर्णखाल बाट केन्द्रमा पुग्न तीन घन्टा पैदल हिँड्नु पर्ने जुकेनाका राम प्रशाद अधिकारीले बताए । जेनतेन त्यहा सम्म आएका बिरामीले उपचार सेवा नपाउँदा सास्ती खेप्नुपरेको ठाडाका स्थानीय दिनेश श्रेष्ठले बताए । डा. भए यही उपचार हुन्थ्यौ , डा. नभएपछी आर्थिक अवस्था कमजोर भएकालाई झन मर्का परेको छ श्रेष्ठले भने ।
बल्कोटमा डाक्टर नहुँदा बिरामी सन्धिखर्क र पाल्पा तथा बुटवल धाउन बाध्य छन् । एक स्टाफ नर्स र अनमी परीक्षा बिदामा छन । अर्का अहेव दुर्गा श्रेष्ठ पनि पढाइ बिदामा भएकाले अर्का अहेव शंकर पाण्डेले मात्रै केन्द्र हेर्नुपर्ने अवस्था छ। पाण्डे केन्द्रमा भन्दा आफ्नो फार्मेसीमै ब्यस्त हुन्छन । उनले बल्कोट काभ्रेमा एउटा मेडिकल खोलेका छन । गाउँलेका अनुसार स्वास्थ्य केन्द्रमा सबै उनकै हात छ । केन्द्रमा आउने औषधी पाण्डे स्वयमले लैजाने र आफ्नो मेडिकल बाट बिक्री वितरण गर्ने गरेको गाउंलेले आरोप लगाएका छन । तर पाण्डेले भने ‘आफ्नो मेडिकल भएपनि त्यसरी औषधी आफुले नचोरेको दाबी गरेका छन । मैले केन्द्रलाई दिने सेवा सक्काएर मात्र आफ्नो अन्य काममा लाग्छु , अन्य प्रतिस्वधको भावनाले हुन सक्छ आरोप लगाएको ।’
स्थानिय अर्को एक बोर्डिङका संचालक तथा प्रिन्सिपल विष्णुप्रसाद भुसालका अनुसार बल्कोट केन्द्रमा चिदिका,केरुंगा,छत्रगन्ज,भगवती लगायतका गाविसका बिरामी उपचारका लागि आउँने गर्छन् । उनका अनुसार ‘गाउँमा भाइरल ज्वरोले धेरै बिरामी भएकाले उपचारका लागि समस्या परेको छ । केन्द्रमा डा. छैनन भएका आफ्नै काममा ब्यस्त छन दैनिक ४० जना बिरामी आउने गरेको भए पनि प्राय धेरैको डा. नभएकोले फर्किएको पाउछौ भुसालले भने ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।