राष्ट्रपति निर्वाचनको गर्मी बढ्दै जाँदा अमेरीकी राष्ट्रपति बाराक ओबामाको डेमोक्रेटीक पार्टीको राष्ट्रिय सम्मेलन सुरु
भाद्र २० गते, २०६९ मा प्रकाशित
राष्ट्रपति निर्वाचनको गर्मी बढ्दै जाँदा अमेरीकी राष्ट्रपति बाराक ओबामाको डेमोक्रेटीक पार्टीको राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
लगातार दोस्रो कार्यकालको लागि राष्ट्रपति पदमा उम्मेदवारी दिएमा ओवामाको चुनावी प्रचारलाई यो सम्मेलनले सघाउने बताईएको छ । नर्थ क्यारोलाईना राज्यमा सुरु भएको तिन दिने सम्मेलनलाई पुर्व राष्ट्रपति बिल क्लिन्टन, फसर्ट लेडी मिचेल ओवामा लगायतले सम्बोधन गरेका छन।
अमेरिकामा अघिल्लो हप्तामात्रै रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनले मिट रोम्नीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेको थियो । डेमोक्रेटिक पार्टीको सम्मेलन सकिएपछि यसै हप्तादेखि ओवामा र रोम्नीविच प्रत्यक्ष वहस हुने भएको छ ।
अमेरीकामा राष्ट्रपति चुनावका प्रत्यासीहरुविच प्रत्यक्ष वाद विवाद गराउने चलन छ ।
पछिल्ला मत सर्वेक्षणहरुले राष्ट्रपति पदका उम्मेदवार रोम्नीमाथि ओवामाले झिनो अग्रता हासील गरेको देखाएका छन् । तर एबीसी न्युज र वासीङ्गटन पोस्टका सर्वेक्षणले भने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन अगाडिसम्म ओवामाको लोकप्रियता निकै घटेको देखाएका छन् ।