काठमाडौं । पेट्रोलियम पर्दाथमा गरेको मुल्यबृद्धिको विरोधमा विपक्षीदलहरुका युवा विद्यार्थी संगठनले आन्दोलन जारी राखेका छन् ।
आज बिहानै देखि काठमाडौंका क्यापस अगाडिका सडकमा प्रदर्शन गरेका छन् । बिहान केहीबेर क्याम्पस अगाडकिा सडकमा प्रदर्शन गरेका विद्यार्थीहरुले सरकारी गाडी दिनभर गुड्न नदिने बताएका छन् ।
जनताको ढाड सेक्ने गरि चाडबाडको मुखमा सरकारले पेट्रोलियम पदार्थको भाऊ बढाएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
मुल्यबृद्धि तत्काल फिर्ता नलिए शसक्त आन्दोलनका कार्यक्रम ल्याउने युवा संघका उपाध्यक्ष निरज आचार्यले जानकारी दिनुभयो । नेपाल आयल निगमले ग्यासमा समा प्रति सिलिन्डर ५५ रुपियाँ, पेट्रोलमा ५ र मट्टीतेल र डिजेलमा ४