प्युठानमा आजबाट यातायात सेवा ठप्प, जनजीवन प्रभावित

प्युठान। प्युठानमा आजबाट यातायात सेवा ठप्प भएको छ । गत शुक्रबार ट्रकको ठक्करबाट मृत्यु भएका हेमबहादुर दसौदी र घाइते कमल गिरीको परिवारले उचित क्षतिपूर्ती र उपचारको माग गर्दै आजदेखि प्यूठान जिल्ला अनिश्चितकालीन बन्द गराएका हुन् ।

बन्दका कारण रोल्पाबाट छुटेका सवारी साधनहरु प्यूठानको भिङ्ग्री र चकचकेमा रोकिएका छन् । घटनाको विषयमा छलफल गर्न पटक पटक प्रशासनसँग आग्रह गरेपनि प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

यातायात नचल्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ भने शैक्षिकसंस्था समेत ठप्प छन् । – RSS