दैलेख । अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार दैलैखमा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोले माहामारीको रुप लिन थालेको छ ।
समाचार अनुसार भाइरल ज्वरोबाट मर्नेको संख्या बढ्दो छ भने विरामी पर्नेको संख्या ५ हजार नाघिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भाइरल ज्वरोको कारण आज पनि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडालम्जी गाविस वडा नम्बर ४ का ६० वर्षिय कर्णवीर कामी रहेका छन् । कर्णवीरको मृत्युसँगै अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् ।
थाहा भए अनुसार यसअघि गत शुक्रवार र विहीवार कालिकाँडामा ५ जना र शनिवार राति गोगनपानी गाविसमा १ जनाको मृत्यु भएको थियो ।