-अकेला
अरुको गिदी भुटेर खानजान्नु ललितकलाभित्र नपर्ने एक कला हो । आजभोली यसको खूव प्रमोशन भैराखेको छ । अरुको गिदी भुटेर खानुलाइ यो कलाका पारखीहरुले देव्रे हातको खेल ठाने पनि यस्ता धेरै मानिसहरु छन् जो अरुको गिदी भुटेर खान त जान्दैनन् नै अरुले आफ्नै गिदी भुटेर खाएको पनि चाल पाउँदैनन् र जिन्दगीभरी गिदीको बिमारी बोकेर बस्दछन् ।
यहाँका वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजाति र हावापानी अरुको गिदी भुटेर खाने खान जान्ने सिमित चतुरेहरुबाट संक्रमित छन् । त्यस्ता चतुरेहरु वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजातिमा आवद्ध भएर राज गर्दैछन् त्यो पनि बिना कुनै आस्था सिद्धान्त या लगाव । पूरै देश नै जात धर्म आस्था सिद्धान्तहीन यी चतुरेहरुको कब्जामा छ बन्धकमा छ । किनकि देश र समाज नै अपुतालीको सम्पत्ति जस्तो बन्दैछ ।
सितिमितिले मात्र अरुलाइ लदाउने लडाउने उचाल्ने थेच्चार्ने कला जानेका हुन्छन् । यानी अरुको गिदी भुटेर खान जानेका हुन्छन् । समय सन्दर्भसंगै यसका पारखीहरुको बढोत्तरी पनि भैराखेको छ त्यो पनि धनात्मक ऋणात्मक नभई गुणात्मक । जसले गर्दा सीधासादा दल वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजातिलाइ लङ्गोटी जोगाउन धौ धौ पर्दैछ ।
जुनसुकै भूगोल परिवेश या समाजमा चारथरीका मान्छेहरु हुन्छन् । पहिलो यस्ता मान्छेहरु जो जान्दैनन् तर जान्नेु हुन्छन् यानी जान्नेु पल्टिन्छन् । दोश्रो त्यस्ता मान्छेहरु जो जान्दैनन् तर जिज्ञासु हुन्छन् । तेश्रो त्यस्ता मान्छेहरु जो जान्दछन् तर व्यक्त गर्दैनन् लुकाउँदछन् । र चौथो त्यस्ता मान्छेहरु जो जान्दछन् पनि सिकाउँछन् पनि । त्यो पनि विना स्वार्थ !
हाम्रा दलहरु वर्गहरु लिङ्ग धर्म क्षेत्र जातजाति तथा समाज पहिलो पायदानमा पर्ने जान्नेु हरुको बहुतै धनी छन् । ब्यापारी किसान कर्मचारी अगुवा हगुवा आदि जो कसैलाई सम्झिनुस जो भुतोभाङ केही जान्दैनन् तापनि जान्नेु भईखान्छन् यानी जान्नेु पल्टिन्छन् । दल वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजातिभित्रका लाटा लठेव्राहरु पहिलो पायदानका महाशयहरुबाट खूव पीडित छन् ।
यो समाजमा भुतोभाङ केही नजाने पनि जान्नेु भईखाने यानी जान्नेु पल्टिने र त्यसभित्र दवदवा बोलाबाला हैकम या दादागिरी गर्ने महाशयहरु कति होलान् ती स्वःघोषित जान्नेु हुन् या स्वयं ती दल वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजातिले जान्नेु बनाएका जान्नेु हरु जसको मानिसहरु अनुहारसम्म हेर्न रुचाउँदैनन् त्यस्ताको उनीहरु प्रतिदिन दर्शन गर्न भोग्न बाध्य छन् । किन किनकि दल वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजाति पनि जान्नेु टोपल्ने यानी जान्नेु भैखाने सुकेलुतोले ग्रस्त छ ।
दोस्रो पायदानका मान्छेहरु आफुले जानेको कामकुरा अरुलाइ भन्दैनन् । यो समाज त्यस्ता पेटाहाहरुको पनि धनी छ । ती मुखले एउटा कुरा गरिराखेका हुन्छन् पेटमा अर्कै कुरा खेलाईराखेका हुन्छन् । यानी छुरा चलिराखेको हुन्छ यिनको पेटभित्र । यी मुख चलाउँदछन् बोल्दछन् त केवल अरुको ध्यान खिच्नका लागि ताकि त्यसभित्र चलखेल गर्नसकियोस । त्यस्ता पेटाहा खुराफातिहरु कति होलान् समाजमा कल्पना गर्नसकिएला भन्न सकिएला नामै किट्नुपरे क-कस्को नाम लिईएला तेस्रो पायदानका मान्छेहरु जान्दैनन् तर जिज्ञासु हुन्छन् ती मुमुक्ष्ा हुन् । यानी ईश्वरत्वका भागीदार । जोसंग भौतिक दुनियाको चकाचौंध र सुख सुविधा आदि केही हुँदैन तर खुशी हुन्छन् । यी जे गर्छन् खुट्टा नकमाईकन गर्दछन् । जे बोल्छन् जिव्रो नचवाईकन बोल्दछन् । यिनको पेट दिमागमा केही पनि हुँदैन । एकदम खाली हुन्छ बिल्कूल सारङ्गी जस्तै ! चाँडो से चाँडो लोपोन्मुख खाली पेटवाला यी गौप्राणीहरुको यहाँ ठूलो महामारी पर्नेवाला छ ।
अव पालो चौथा पायदानको जो जान्दछन् पनि अरुमा बाँड्दछन् पनि । बिना घमण्ड बिना स्वार्थ ! दल वर्ग समाज लिङ्ग धर्म क्षेत्र जातजाति यिनै निष्पापका पुण्यले टिकिराखेका छन् । यी निष्पापहरु पुजनीय त छन् तर पीडित छन् । को दिन्छन् पीडा यिनलाइ यिनकै अनुयायीहरुले ! इतिहास कोर्ने यी निष्पाप अनाशक्त त्यागीहरु यो समाजमा कति छन् सकिन्छ किटान गर्न अव कुरो खाने खुवाउने सवालको । यसमा पनि तीनथरीका मान्छेहरु छन् । पहिलोमा यस्ता जो खान्छन् मात्रै खुवाउँदैनन् । दोश्रोमा यस्ता जो खाँदैनन् पनि खुवाउँदैनन् पनि । अनि तेश्रोमा यस्ता जॊ खान्छन् पनि खुवाउँछन् पनि । सर्वगुणसम्पन्न विरलै भेटिन्छन् ।
यस्तै राम्रो र नराम्रो सवालमा पनि तीनैथरीका मान्छेहरु छन् । पहिलोमा यस्ता जो आफु राम्रो अरु नराम्रो ठान्दछन् । दोश्रो यस्ता जो अरु राम्रो आफु नराम्रो ठान्दछन् । तेश्रो यस्ता जो आफु पनि नराम्रो अरु पनि नराम्रै ठान्दछन् । र चौथोमा आफु पनि राम्रो र अरुलाइ पनि राम्रै ठान्दछन् । यसमा पनि सर्वगुणसम्पन्न विरलै भेटिन्छन् ।<br>
बोल्ने र गर्ने सन्दर्भमा भने चार प्रकारका प्राणीहरु हुन्छन् । पहिलो त्यस्ता जो बोल्छ मात्रै गर्दैन । दोश्रो यस्ता जो बोल्दैन तर गर्दछ । तेश्रो यस्ता जो बोल्दैन पनि गर्दैन पनि । र चौथोमा यस्ता जो बोल्छ पनि गर्छ पनि । यसमा पनि सर्वगुणसम्पन्न भेटिन कठिन छ ।
प्रसङ्ग बदलौं ! हामीले खान लाउन जानेको सिकेको कति भयो दश साल बीस साल तीस साल चालिस साल या पचास साल यतिभित्र हामीले के के कुन कुन परिकार बनाउन जान्यौ खान जान्यौ के केको सम्मिश्रणबाट के के परिकार यानी व्याजन बन्छ र त्यसको स्वाद कस्तो हुन्छ भन्नेवारे हामीमध्ये कतिलाइ थाहा छ र कति भयो हामीले त्यो सिकेको कहाँबाट सिक्यौं ती सबै पितापुर्खाबाट जसले ढेँडो र गुन्द्रुक सिवाय देखेनन् किन बदल्यौंं हामीले ती मौलिक खान्कीहरु किनकि हामी बदलिन चाह्यौं ।
त्यस्तै हामीले लगाउन जानेको सिकेको कति भयो दश बीस तीस चालिस या पचास साल यतिभित्र हामीले के के कुन कुन परिधान लगाउन बुन्न बनाउन जान्यौ कुन कुन कपडालाइ के कसरी मिलाउँदा कस्तो परिधान यानी फेसन बन्छ भन्नेवारे हामीमध्ये कतिलाइ थाहा छ र कति भयो हामीले त्यो सिकेको जानेको कहाँबाट सिक्यौं ती सबै पितापुर्खाबाट जसले घरबुनाको कच्छाड र भोटो सिवाय केही पाएनन् किन बदल्यौं हामीले आफ्नो मौलिक लवाइ किनकि हामी बदलिन चाह्यौं ।
नत्र बालीघरे दमैले हातेमेसिनद्धारा कनिकुथी सिलाएर दिएको घरबुनाको कच्छाड र भोटो लाउन छोडेको हामीले कति भयो किन अरुको डिजाईन र अरुकै परिधानमा सजिएर हामी ढुकुरे छाति बनाउँदै छौं कतिाजेल फुलाउने यी छातिहरु हामीले के अर्थ यी छातिको जो सास फेरे जस्तो त गर्छ तर धुकधुकी अरुकै छ के यी हाम्रा आफ्नै डिजाईन र परिधान हुन् पहाडको काँठ् कन्दरो छिचोलेर मधेस झरेको कति भयो मधेस झर्न नभ्याउँदै किन बदलियौं हामी यतिबिध्न किन आयो हामीमा यतिबिध्न बदलाव किन बदल्यौं हामीले आफ्ना मौलिकताहरु संस्कृति सभ्यताहरु किनकि हामी बदलिन चाह्यौं । कत्ति सरल !
तीजको रन्को छ । नाच्ने गाउने र बजाउनेकै कुरो गरौं । आधी आकास ढाकेर तेत्तिस प्रतिशतका लागि रुनु चिच्याउनुपर्ने वर्गमध्येका हिन्दुनारीहरुको महानु भनिएको तीजलाइ हुनेखानेु हुनेखानेु मात्र मिलेर मीठो मीठो खाने नाच्ने चाड बनाईँदैछ । हुनेखानेु दिदीबहिनीले हुँदा खानेु दिदीबहिनीलाई संगै लिएर नाच्न,नचाउन नमिल्ने नाचे-नचाईए आफ्नो सुख, खुशी घट्ने चाडका रुपमा बिकसित गरिँदैछ । न सिर्फ तीज बल्कि हरेक चाड पर्वहरुमा केवल ुहुनेखानेु हरुकै मात्र बर्चश्व देखिँदैछ । त्यो पनि नगरपालिका जिल्ला विकास समिति र गाविस आदिसंग चन्दा ऐंठेर । त्यो पनि दशौं हजारका टल्किने साडीमा प्रतितोला आधा लाखभन्दा बढी पर्ने सुनको छड्के तिलहरी भिरेर पार्टीपार्टीको पुच्छरमा झुण्डिएर । किन त्यसोभए किन रच्ने व्रतको स्वाङ किन काट्ने मठमन्दिरको चक्कर छोरी हुनुको पीडा बुहारी हुनुको पीडा र श्रीमती हुनुको पीडा कहने मर्मस्पर्शी कर्णपि्रय गीतहरु कता गए नारीका क्रन्दनहरु कता हराए के आज छोरीहरु विभेद र पीडामा छैनन् मर्कामा छैनन् के आज बुहारी श्रीमतीहरु पीडामा छैनन् मर्कामा छैनन् किन ढाक्यो यो समाजलाइ कान टट्टाउने अश्लिलताले किन देख्नथाले सुख महिलाहरुले उच्छृङ्गलतामा कहाँबाट सिके नेपालीले यी सबै गर्न कोबाट सिके खान लाउन जस्तै नाच्न गाउँन बजाउन जानेको सिकेको नेपालीले कति भयो के सिके नेपालीले राम्रो कि नराम्रो राम्रो धेरै सिके कि नराम्रो धेरै नेपालीले किन बदलिए यतिबिध्न नेपालीहरु के गतिछाडा एवं उच्छृङ्गलताहरु हाम्रा पहिचान हुन् होईनन् तैपनि बदलिए । किनकि एकदिन त बदलिनु नै थियो ।