– उमाकान्त पाण्डे गाउंले, कृष्ण खनाल, बुटवल
सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर प्रदान गर्न सके शैक्षिक विकासका लागि निजी विद्यालय भन्दा अझ माथि उठ्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।
शिक्षा पत्रकार समुह अाचल समन्वयन समति लुम्बिनीले आयोजना गरेको सामुदायिक विद्यालयका सफल शैक्षिक अभ्यासबारेको अन्तकिर््रयामा बोल्ने अधिकांश शिक्षकहरुले केही मर्यादा कायम गर्न खोज्दा विद्यार्थीको संख्यामा कमी आउने र अंग्रेजी शिक्षाका कारणले विद्यार्थीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने बताएका हुन ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी झुम प्रसाद राईले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वर्षेनी वृद्धि हुँदै गएकाले थप शैक्षिक गुणस्तरका लागि योजनावद्ध ढंगले लाग्न आग्रह गरेका हुन ।
जिल्ला शिक्षा कार्यालयका उप-सचिव थानेश्वर ज्ञवालीले संस्थागत विद्यालयहरुबाट सामुदायिक विद्यालयहरुमा यो बर्षमा ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्न आएकाले रुपन्देहीको सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर कस्तो छ भन्ने स्पष्ट नतिजा देखाएको बताए ।
केही बर्ष अघि जागिर खाने थलो रहेको विद्यालयमा अहिले धेरै परिवर्तन आई गुणस्तरीय शिक्षा प्रदान गरेर नै राम्रो नतिजा सामुदायिक विद्यालयहरुले निकालेको बताए । त्यस्तै जनपि्रय माविका प्राचार्य तारा प्रसाद पराजुलीले शैक्षिक गुणस्तरका लागि सामान्य नीति मानिएको विद्यालयमा पोशाक अनिवार्य गर्दा विद्यार्थीको संख्यामा कमी आउने बताए ।
दलित तथा पिछडीएको वर्गमा रहेका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर प्रदान गर्न निकै चुनौती रहेको ज्ञानोदय माविका प्राचार्य डिल्ली नारायण लामिछानेले बताए ।
कार्यक्रममा कालिका उच्च माविका प्राचार्य धनश्याम पाठक बुटवल माविका प्राचार्य अकर मुल्लाह खान उजिर िसंह माविका प्राचार्य मोहम्मद खां नयाँ गाँउ उच्च माविका प्राचार्य हरि प्रसाद घिमिरे कान्ति उच्च माविका सह- प्रचार्य चुरामणि पौडेल महामाया भवानी उच्च माविका प्राचार्य दिनानाथ अर्याल ज्ञानोदय रात्री माविका प्राचार्य कुल प्रसाद बस्याल सिद्धेश्वरी उच्च माविका क्रृषिराम खड्का मानवज्ञान उच्च माविका निमित्त प्रमुख गोपि कृष्ण रेग्मी संस्कृत मा विका प्राचार्य बुद्धि सागर भट्टराई शान्ति नमुना उच्च माविका प्राचार्य गुरु प्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । शिक्षा पत्रकार समुह लुम्बिनीका सचिव कृष्ण मल्लको अध्यक्षता तथा पत्रकार विनोद परियाको संाचालनमा कार्यक्र भएको हो ।