टर्कीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५८ जनाको मृत्यु

टर्कीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।

 

इराक र सिरियाका नागरिक चढेको डुंगा पश्चिम टर्कीको समुद्रमा दुर्घटना हुँदा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

 

अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका करीव सय जना प्रवासीहरु सवार उक्त डुंगा चट्टानमा ठोक्किएर दुर्घटना भएको हो । केही यात्रुले भने पौडेर ज्यान बचाएका छन् ।

 

डुंगा चालकलाई भने नियन्त्रणमा लिइएको छ । सिरियामा जारी हिंसाका कारण कयौं सिरियाली नागरिक छिमेकी मुलुक ईराक, जोर्डन र टर्की पलायन भएका छन् ।