चीनमा दुइ पटकसम्म गएको भूकम्पमा परी ४३ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चीनको युनान र गुइजाव प्रान्तलाई केन्द्र बिन्दु बनाई ४ दशमलव ८ र ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
भूकम्पबाट २० हजार भन्दा बढी घर भत्केका छन् ।
भूकम्पका कारण गएको पहिरोमा पुरिएर कयौं मानिस हराईरहेका छन् ।
चीनमा गतसाता मात्रै भीषण बर्षापछि आएको बाढी पहिरोबाट ५० भन्दा बढीको मृत्यु भएको थियो भने कयौं घरबारबिहीन बनेका थिए ।