काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । यस अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् । वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो ।
यस्तै हरेक सेप्टेम्बर ८ मा मनाइने अन्तर्राष्ट्रियरुपमा साक्षरता दिवसलाई पनि भदौ २३ मै मनाउन थालिएको छ ।नेपालमा शिक्षालाई राज्यले बजेटको ८० प्रतिशतसम्म लगानी गरेपनि लगानी अनुसारको प्रतिफल प्राप्त भएको छैन ।
शैक्षिकस्तर खस्केको खस्केकै छ । सरकारी विद्यालय र कलेजहरुले प्रदान गर्ने शिक्षा प्रतिष्पर्धी र सीपमूलक हुन सकेको छैन । विद्यालय विश्वविद्यालयका परिणामहरु रोजगार सृजना गर्नेभन्दा बेरोजगार उत्पादन गर्नेतर्फ उन्मूख छन् ।
विद्यालय र कलेजस्तरमा भएको अती राजनीतिकरणले शैक्षिकस्थल योग्य शैक्षिक जनशक्ति उत्पादन गर्नेभन्दा राजनीतिक कार्यकर्ता उत्पादन गर्ने ठाउँका रुपमा परिणत भैरहेका छन् ।
नेपालमा १५ वर्षमाथिका झण्डै ४० लाख मानिस साक्षर छैनन् । ६ वर्षमाथिको साक्षरता दर ६५ प्रतिशतको हाराहारीमा मात्र छ । नेपालमा यो अभियान शुरु गरेको चार वर्षमा तीन अर्बभन्दा बढी खर्च गरिएपनि आशातित उपलब्धि भएको छैन ।
१५ वर्षमाथिका झण्डै ४० लाख युवा पढ्न लेख्न नसक्नु आधुनिक युगमा विडम्बना नै हो । विश्वमा साक्षरता दिवस मनाउन थालेको ४७ वर्ष भएपनि अझै विश्वभर चार अर्बभन्दा बढी व्यक्ति लेखपढ गर्न सक्दैनन् । साँढे सात करोडभन्दा बढी बालबालिका विद्यालय बाहिरै छन् ।
यसै अवसरमा राष्ट्रपति भवन शितल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले विश्व विद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विज्ञहरुले आफूले आर्जन गरेको ज्ञान र सीप राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिनुभयो । शिक्षाको पहुँच ग्रामिण क्षेत्रसम्म नपुगेकोमा असन्तुष्टि व्यक्त गर्दे उहाँले उनीहरुलाई शिक्षाको मूल धारमा ल्याउन सुझाव दिनुभयो ।
शिक्षा मन्त्री दिनानाथ शर्माले २०१५ सम्ममा सबैका लागि शिक्षा घर घरमा पु