अफ्रिकी मुलुक सुडानमा सेना र लडाकुबीचको संघर्षमा ६७ भन्दा बढी विद्रोही मारिएका छन् । पश्चिमी डार्फर क्षेत्रको गाउँमा आक्रमण गरेका ३२ जना विद्रंहीलाई मारेको सेनाले जनाएको छ । तर विद्रोहीले भने सरकारी सेनालाई गाउबाट भगाएको दाबी गरेका छन् ।
उता दक्षिणी सुडानको सीमा नजिक कोरदोफान गाउँमा पनि सरकारी सेनाले ४५ जना विद्रोहीलाई मारेको सेनाले जनाएको छ । विद्रोही समुह जस्टिस एण्ड मुभमेन्टले भने गाउँलाई स्वतन्त्र बनाउन सफल भएको जिकिर गरेको छ । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
सन् २०११ मा अलग्गिएका दक्षिण र उत्तरी सुडान दुबैले एक अर्कालाई विद्रोहीलाई उकासेको आरोप लगाएको छन् ।