बुटवल । नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले संघीयता लगायतका संविधानका विवादित विषयलाई जनमत संग्रहमा लैजानुपर्ने बताएका छन् ।
बुटवलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा पौडेलले ६ र १४ प्रदेशको प्रस्तावलाई जनमत संग्रहमा जान माओवादीलाई चुनौती दिए ।
विवादित विषयलाई जनमत संग्रहमा लैजाने सहमति भए संविधानसभा पुनस्थापना पनि हुनसक्ने उहाँको पौडेलको भनाई थियो ।
– RSS