अरव प्रायद्धिपमा अलकायदाका बरिष्ठ नेता साइद अली अल शिहरी यमनमा मारिए

यमन  । अरव प्रायद्धिपमा आतंकबादी संन्जाल अलकायदाका बरिष्ठ नेताका रुपमा रही आतंकबादी गतिबिधीको सन्चालन गर्दै आएका साइद अली अल शिहरी यमनमा मारिएका छन् । सुरक्षा कारबाहीमा उनी मारिएको यमन सरकारले जनाएको छ । यमनमा जारी सुरक्षा बल र इस्लामिक आतंकबादीबीच जारी संघर्षको नेतृत्व गरीरहेका शिहरी यमनको हद्राम्बत इलामा मारिएको हो । ५ बर्षसम्म ग्वान्तानामो बे को हिरासतमा रहेका शिहरी सन् २००७ मा रीहा भएका थिए ।


रीहा लगतै सउदी अरबमा रहेतापनि पछी यमन प्रवेश गरी अलकायदाका नेतृत्व सम्होलका थिए । अरब प्रायद्धीप अल कायदाको पकड प्रायद्धीपको रुपमा रहेकोमा अमेरिकाले सो प्रायद्धीपमाथि पहिलेदेखि नै निगरानी राखी ड्रोन हमला गर्दै आएको थियो । शिहरी मारिनु अलकायदाका लागि ठूलो झट्का भएको यमन सरकारको भनाई छ ।