चीनका उप राष्ट्रपति झि जिनपिंग केही समयदेखि बेखबर

चीन । चीनमा उप राष्ट्रपति झि जिनपिंग केही समयदेखि सार्वजनिक कार्यक्रम तथा बैठकहरुमा सहभागी नभएको विषयलाई लिएर अनेक अड्कलबाजी शुरु भएको छ । चीनमा साताभर भएको भएको चारवटा महत्वपूर्ण अन्तराष्ट्रियस्तरका बैठक तथा विभिन्न देशका प्रधानमन्त्रीहरुको भ्रमणका बेला समेत झिको उपस्थिति नभएपछि चिनिर्या कम्पयुनिष्ट पार्टीको नेतृत्व परिवर्तनको प्रसंगमा विभिन्न खाले चर्चा गर्न थालिएको हो ।


अघिल्लो साता चीन पुगेका डेनमार्कका प्रधानमन्त्रीसंग उनले भेट गर्ने पुर्व निर्धारित कार्यक्रममा समेत झि देखा पर्नुभएन । अमेरिकी बिदेशमन्त्री हिलरी क्लिन्टनको चीन भ्रमणका बेला पनि झि बेखबर रहनु भयो ।


उनी कहाँ छन् भन्ने बारेमा परिवारलाई समेत जानकारी नभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । केही दिन झि अघि अमेरिका भ्रमणमा जांदा केही महत्वपूर्ण सम्झौता भएका थिए । बर्तमान राष्ट्रपति हु जिन्ताओको स्थानमा बढुवा हुन लागेका झिका बारेमा चिनियां कम्युनिष्ट पार्टीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।


हरेक दश बर्षमा चिनियां कम्युनिष्ट पार्टीको नेतृत्व परिबर्तन हुने गरेको छ । चिनियां कम्युनिष्ट पार्टीको नेतृत्व युवा पुस्तामा नेतृत्व सर्ने क्रम तीब्र बनेको छ । चिनियां कम्युनिष्ट पार्टीका होनाहार नेता मानिएका बो सिलाईमाथि कारबाही भएपछि नेतृत्व परिबर्तनको बारेमा अनेक शंका गर्न थालिएको बीबीसीले जनाएको छ । Agencies