गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको मृत्यु, राष्ट्रिय सम्मान सहित अन्तेष्टी

गणतन्त्रबादी नेता रामराजाप्रति श्रद्धान्जली ब्यक्त गर्दै आजको बन्द फिर्तागणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको आज बिहान ६ मृत्यु भएको छ। सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ।  पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो। 


  
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले १३ तोपको सलामीका साथै उनलाई गणतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भएको भन्दै राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय गरेको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिएको थियो।

 

स्वास्थ्य अवस्था गम्भीर भएपछि मंगलबार उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको थियो। 

 

हिजो बिहान ५ बजे सिंहको अवस्था गम्भीर भएपछि आइसियुमा सारिएको थियो  ‘बिहान पाँच बजे नेताजीको स्वास्थ्यमा गम्भीर समस्या देखियो,’  त्यसपछि आइसियुमा सारेर उपचार थालिएको थियो  । उहाँलाई भ्यान्टिलेटरमा राखिएको थियो ।’ 



स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। 

 

‘मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो। ती अंगले विस्तारै काम गर्न छाडेका छन्,’ सिंहले भने, ‘स्वास्थ्यमा सुधार आउने सम्भावना क्षीण हुँदै गएको थियो ।’ 



नवजनवादी मोर्चाका अध्यक्ष रहेका सिंह लामो समयदेखि पर्किन्सन, मुटु, पिठ्युँ दुख्ने लगायत रोगबाट पीडित थिए । 

 

पञ्चायतकालमा सार्वजनिक रूपमै गणतन्त्रको वकालत गरेका सिंहलाई एकीकृत माओवादीले नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार बनाए पनि राष्ट्रपति रामवरण यादवले उनलाई पराजित गरेका थिए। 



२०४२ सालको बमकाण्डमा संलग्न रहेको भन्दै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। २०४७ सालमा प्रजातन्त्रको स्थापनापछि मृत्युदण्ड सजाय सरकारले फिर्ता लिएको थियो।



सन् १९३६ मा सप्तरीमा जन्मेका सिंहले लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए। अंग्रेज शासनविरुद्ध ‘भारत छोडो आन्दोलन’का लागि सहयोग जुटाउन नेपाल आएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियाको प्रभावले सिंह राजनीतिमा लागेका थिए। सरकारले सिंहको उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ। सिंहको स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत राजनीतिक दलका नेता अस्पताल पुगेका थिए।

 

 

गणतन्त्रबादी नेता रामराजा सिंहको निधनका कारण विद्यार्थीहरुले आजको बन्द फिर्ता

 


गणतन्त्रबादी नेता रामराजा सिंहको निधनका कारण विद्यार्थीहरुले आजको बन्द फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष रंजित कर्णले गणतन्त्रबादी नेता रामराजाप्रति श्रद्धान्जली ब्यक्त गर्दै आजको बन्द फिर्ता लिईएको जानकारी दिनुभएको छ ।

 


पेट्रोलियम पदार्थमा भएको भारि मूल्य बृद्धिको विरोधमा विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले आज मध्यान्हसम्मको नेपाल बन्द आह्वान गरेका थिए । आधा दिने नेपाल बन्दका कारण विहानैदेखि मुलुक भरिको जनजीवन प्रभावित बन्यो ।

सरकारले हिजो विद्यार्थीहरुलाई एलपी ग्यास र मट्टीतेलमा सहुलियत दिने निर्णय गरेको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो गरेको निर्णय अनुसार विद्यार्थीले ग्यासमा प्रति सिलिण्डर २ सय ५० रुपैयाँ छुट पाउने छन् भने मट्टिटेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाउने छन् । विद्यार्थीहरुले वर्षमा ४ वटा ग्यास सिलिण्डर र महिनामा १० लिटर मट्टीतेलमा यो छुट प्राप्त गर्नसक्ने छन् । विद्यार्थीले ग्यास र मट्टीतेल खुला बजारबाटै किन्नुपर्ने र आ