पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले आहृवान गरेको बन्द बिहान १० बजे फिर्ता भएको छ ।
गणतन्त्रवादी नेता रामराजा सिंहको श्रद्धान्जलीका लागि बन्द फिर्ता लिएको नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनीहरुले बुधबार मध्यान्ह १२ बजेसम्मका लागि बन्द्य आहृवान गरेका थिए ।
लामिछानेका अनुसार बन्दकाका क्रममा राजधानीको त्रिचन्द्र क्याम्पस क्षेत्र र चाबहिल क्षेत्रबाट १० जना विद्यार्थी पक्राउ परेका छन् । ‘राजधानी बाहिर २० जना पक्राउ परेको सूचना छ,’ उनले भने, ‘उनीहरुको निशर्त रिहाई नगरे आन्दोलन झन् कडा हुन्छ ।’
प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार बिहान एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई फोन गरी बन्द फिर्ता गर्न आग्रह गरेका थिए ।