यमनका रक्षामन्त्री चढेको गाडीलाई लक्षित गरी गराइएको बम बिस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । घटनामा रक्षा मन्त्री भने बाँच्न सफल हुनुभएको छ ।
यमनका राजधानी सानामा रक्षामन्त्री मेजर जनरल मोहमद नासिर अहमद सवार गाडीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो । मृत्यु हुनेमा रक्षामन्त्रीका सुरक्षार्थ खटाईएका ८ जना कर्मचारीहरु रहेका छन् भने बाँकी पाँच जना बटुवा परेका छन् ।
घटनाको जिम्मेवारी कसैले नलिएतापनि यमनमा केही दिनअघि मात्रै सेनाको कारबाहीमा अलकायदाका नेता शहरी मारिएको बदलामा अलकायदाले नै बिस्फोट गराएको हुन सक्ने आशंका यमन सरकारको छ ।
यमनी रक्षामन्त्री मेजर जनरल मोहमदलाई लक्षित गरी थुपै्र आक्रमणहरु भइसकेका छन् । RSS