काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि प्रधानमन्त्री र गृहमन्त्रीबीच तानतान हुँदा प्रहरी संगठनकै वदनाम भएको बताएका छन् ।
रिपोर्टर्स क्लवले आज राजधानमीमा गरेको कार्यक्रममा प्रधानले राजनीतिक दलका नेताहरुले प्रहरीको छवि र इतिहास नै विगार्ने गरी आफ्नो स्वार्थ हेरेर प्रहरी प्रमुख बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा पूर्व गृहसचिव उमेश मैनालीले प्रहरी संगठनलाई प्रधानमन्त्री र मन्त्रीहरुले व्यक्तिगत संगठन ठान्ने गरेको भन्दै आपत्ति प्रकट गरे । प्रहरी अधिकृतहरुलाई आफ्ना कार्यकर्ता बनाउनकै लागि अहिले महानिरीक्षक नियुक्तिमा खिचातानी भएको उनको भनाई थियो ।
कार्यक्रमका अन्य सहभागीहरुले भने ब्यक्तिगत स्वार्थ र पैसाका लागि प्रहरी प्रशासनलाई वदनाम गर्न नहुनेमा जोड दिएका थिए ।
RSS