– प्रेमनारायण आचार्य
अर्घाखाँची २७ भदौ । अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको एक हप्ते पुर्ण सरसफाई सम्बन्धि मास्टर प्रशिक्षक तालिम आज सम्पन्न भएको छ ।
सन् २०१४ भित्र अर्घाखाँचीलाई खुल्ला दिसा मुक्त अर्घाखाँची बनाउने उदेश्य अनुसार सुरु भएको तालिम नेस्ट पोखरा र सिसेक अर्घाखाँचीको आयोजनामा साचालन गरिएको हो । तालिममा महिला र पुरुस गरि ३५ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण इन्डीयन मास्टर प्रशिक्षक बिरेन्द्र शर्मा शिब शंकर शर्मा बिनोद प्रसाद शर्मा जिबिसका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल शिक्षा कार्यलयका बिनी बलराम मिश्र जिल्ला खानेपानी कार्यलयका प्रमुख राजेन्द्र न्यौपाने स्वास्थ्य कार्यलयका गणेशराज पौडेल लगायतले गर्नु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष हेमराज भुसाल सचिब राजेन्द्र प्रसाद न्यौपाने शिक्षा कार्यलयका बिनी बलराम मिश्र लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम कार्यक्रम कोर्डिनेटर बिनोद प्रसाद शर्माको सचालनमा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।