पूर्वी धनुषामा अज्ञात रोगले १२ घण्टा भित्र चार जनाको मृत्यु, धमाधम मान्छे मर्न थाले पछि गाउंमा त्रास

धनुषा । धनुषाको पूर्वी क्षेत्रमा पर्ने बालाबाखर गाउं विकास समितिमा अज्ञात रोगले १२ घण्टा भित्र चार जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा धनुषा बालाबाखर वडा नम्बर ८ का प्रदीप सदा, फुलकुमारी सदा, द्रोपदी सदा र देवकी सदा छन् ।

 

उनीहरुमध्ये तीन जनाको गएराती र देवकी सदाको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । गाउंलेहरुमा अत्याधिक ज्वरो आउने र बेहोस हुने लक्षण देखिएको छ ।

 

अज्ञात रोगबाट विरामी परेका पांच जनालाई गाउंमा पुगेको स्वास्थ्य टोलीले उपचार शुरु गरेको छ । मुसहर समुदाय बस्ने दलित बस्तीको एउटै वडामा धमाधम मान्छे मर्न थाले पछि गाउंमा त्रास छाएको छ । RSS