अमेरिका विरुद्ध विश्वभर प्रदर्शन, कश्मिर सरकारद्धारा आफना नागरिकहरुलाई धैर्य धारण गर्न अपील
भाद्र २९ गते, २०६९ मा प्रकाशित
कश्मिर । मुश्लिम बिरुद्ध अमेरिकी चलचित्र बनेको बिरोधमा बिश्वभर प्रदर्शन चर्केपछी कश्मिर सरकारले भने आफना नागरिकहरुलाई धैर्य धारण गर्न अपील गरेको छ । मुश्लिम बाहुल्यता रहेको कश्मिरमा पनि प्रदर्शनको तयारी भइरहेको खवर सार्वजनिक भएपछी कश्मिर सरकारले त्यहाँका मुश्लिम समुदायलाई प्रदर्शन रोक्न अपील गरेको हो । चलचित्र निर्माणमा दोषी जो कोहीलाई कडा भन्दा कडा सजायँ हुनेमा बिश्वस्त हुन पनि कश्मिर सरकारले सर्वसाधारणलाई अपील गरेको छ ।
सन् २०१० मा अमेरिकामा पैगम्बर मोहमदको अपमान गरेको बिरोधमा कश्मिरमा प्रदर्शन हुँदा कयौंको मृत्यु भएको थियो । यता मुश्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको भनिएको हलिउड चलचित्र विरुद्ध आक्रोशित मुश्लिम समुदायले आज पनि विश्वका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । पाकिस्तानको कराची लगाएत अन्य शहरहरुमा पनि ब्यापक प्रदर्शन भएको छ । आक्रोशित प्रदर्शनकारीहरुले अमेरिकी झण्डा जलाउनुको साथै अमेरिका बिरुद्ध चर्को नारा लगाएका छन् ।
चलचित्र विरुद्ध आक्रोशित मुश्लिम समुदायले अमेरिका विरुद्ध विश्वभर प्रदर्शन
मुश्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको भनिएको हलिउड चलचित्र विरुद्ध आक्रोशित मुश्लिम समुदायले विश्वका विभिन्न ठाउँ ठाउँमा प्रदर्शन राखेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले यमनको राजधानी सानास्थित अमेरिकी दूतावासमा आक्रमण गरी व्यापक क्षति पु-याएको बताइएको छ ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न नसकेपछि उनीहरुले दूतावासको कम्पाउण्ड भित्र प्रवेश गरी सवारी साधनमा आगजनी गरेका छन् ।
त्यस क्रममा प्रहरीसंगको झडपमा धेरैजना घाइते भएका छन् । हिजो मात्र मुश्लिम मिलिसियाको आक्रमणमा लिवियाको बेनघाजीमा अमेरिकी राजदूतसहित चार जना अमेरिकी अधिकारीको हत्या भएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेनघाजीमा भएको आक्रमणका दोषीहरुलाई न्यायको कठघरामा ल्याउन लिवियासगं सहकार्य गर्ने बताउनु भएको छ ।
यता इजिप्टको राजधानी कायरोमा पनि व्यापक विरोध प्रदर्शन भएको छ । हिजो आक्रोशित प्रदर्शनकारीले अमेरिकी दूतावासको कम्पाउण्ड भत्काउनुका साथै अमेरिकी झण्डा च्यातेका थिए । इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले इजिप्सियनहरु पैगम्बर मोहम्मदको अपमान विरुद्ध रहेको भन्दै सबैलाई शान्त रहन आह्वान गर्नु भएको छ ।
यसैबीच, विश्वका विभिन्न मुलुकहरुमा अमेरिकी दूतावास र कन्सुलेटहरुमा आक्रमण हुने आशंकामा सुरक्षा बढाइएको छ । �इनोसेन्स अफ मुश्लिम्स्� नामक उक्त चलचित्र इन्टरनेटमा सार्वजनिक भएपछि मुश्लिम समुदाय आक्रोशित भएका हुन् । चलचित्रमा मुश्लिम धर्मलाई क्यान्सरको रुपमा उल्लेख गरिएको बताइएको छ ।