पोखरा । सरकारले १५ दिन भित्र पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्न मागेको समयमा काम नभएपछि पोखरेली फेरी आन्दोलित भएका छन् । नागरिक दवाव अभियान अन्र्तगत हिजोदेखि सुरु भएको रिले अनसन आज पनि जारी छ । अनसनमा बिहान ९ बजेदेखि राती ८ बजेसम्म उद्योगी, व्यवसायी, खेलकुद लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु अनसनमा बसेका छन् ।
मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नको लागि गत भदौ १४ गते १५ गतेको समय मागेपछि विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो ।
तर सरकारले आफ्ना माग पुरा नगरे पछि आफुहरु पुन आन्दोलनमा आएको आन्दोलन समितिका सदस्य बासु त्रिपाठीले बताए । सरकारले काम गर्न नसकेपछि समितिले रिले अनसनदेखि गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पार्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ऋणदाता चिनको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौता गर्न भनेकोले पनि सो अवधी भित्रनै प्रक्रिया पुरा गराउन दवाव दिन सरोकार समितिले असोज ३ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको हो । RSS