– कृष्ण खनाल
बुटवल । नेकपा माओवादीद्धारा आह्ान गरेको आधा दिने बन्दका क्रममा बुटवलमा आधादर्जन बढी मोटर साइकल तोडफोड भएकाछन् ।
विहानैदेखि प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्ताहरुले बुटवल स्थित पश्चिमक्षँेत्रिय प्रहरी तालिम केन्द्र अगाडि दुइवटा मोटरसाइकल तोडफोड गरेको हुन् ।
बनदकर्ताहरले बुटवलका भित्री सडकहरुमा लुकिछिपी िहंडेका मोटरसाइकलहरुमा समेततोडफोड गरी क्षँति पुर् याएका छन् भने दर्जनौ मोटरसाइकलका चावी नियन्त्रणमा लिएकाथिए ।
बन्द सफल पार्न सडकमा उत्रिएका प्रदर्शनकारीहरुले बुटवलस्थित इलाका वन कार्यलयकोहाजिरी पुस्तिका समेत नियन्त्रणमा लिएका थिए ।
सरकारी कार्यालयहरु बन्द गराउँदै िहं्डेका बन्द कर्ताहरुले इलाका वन कार्यालयकोहाजीरी रजिष्टरमा एक कर्मचारीले भदौ ३१ गते सम्मकै हाजीर गरेको भेटिए पछि रजिष्टरनैनियन्त्रण लिएको अनेरास्ववियू क्रान्तीकारीले जनाएको छ ।
प्रदर्शनकारीहरुले इलाका प्रशासन कार्यालय बुटवल र शसस्त्र प्रहरी वेश क्याम्पप्रँङ्गण भित्रै रहेकी सडक डिभिजन कार्यालय र यातायात व्यवस्था कार्यलयका हाजीरी रजिष्टरचेकजाँच गर्नुका साथै कर्मचारीहरुलाई बाहिर निकाली बन्द गराएका थिए ।