अर्घाखाँचीमा वाल दिवस मनाईयो

– गणेश खनाल


अर्घाखाँची । नेपाल वाल संगठन अर्घाखाँची र जिल्ला वालकल्याण समिती अर्घाखाँचीको सयुक्त आयोजनामा ४८ औ राष्टिय वाल दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको जनाईएको छ ।


विहान भएको प्रवचन कार्यक्रममा बोल्ने बत्ताहरुले वाल दिवस दिवसकै रुपमा मनाएको भन्दै असन्तुष्टिी व्यत्त गरेका थिए । वाल अधिकारलाई सुनिश्चित गर्नको लागी राज्यले खासै चासो नदेखाएको भन्दै ४८ औ वाल दिवस कुरामा भन्दा कायन्यवनमा लाग्ने दिनको रुपमा विकास हुनेमा वत्ताहरु आसावादी रहेको थिए ।


यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठजिल्ला शिक्षु अधिकारी मित्रमणी खनालएकिकृत नेकपा माओवादी आयोजक समितीका संयोजक गोविन्द के सी नेपाली काग्रेसका सचिव बासुदेव आचार्य नेकपा एमालेकी प्रवित्रा पौडेल माओवादी पिताम्व पा्रखेल राजमो जिल्ला सदस्य गौपाल पौडेलदेवि बहादुर खड्का लगाएताका हुनुहन्थ्यो ।


वाल संगठनका जिल्ला सभापति देवराज श्रेष्ठको अध्यक्षता सचिव प्रकास बस्नेतको सचालनमा कार्यक्रम सम्र्पन  भएको थियो । त्यस्तै आज १ वर्ष देखी ५ वर्ष सम्मका वालवालिकाको समेत वाल मन्दिरको प्राङ्गगडमा स्वास्थ्य प्ररिक्षण समेत गरेको प्रध्याध्यपक मिनु भुसाल  बताउनुभयो ।

 

यस्तै वाल दिवस कै अवसरमा लोक नृत्य प्रतियोगिता समेत सम्र्पन भएको छ । प्रतियोगितामा मदरल्यान्ड ईङ्गलिस बोडिङ्ग स्कुल प्रथमयुवा वर्ष रविचित्र उच्च मावी हटारीनेटा द्धितिय अर्घाखाँची आवसिय उच्च मा वी तृतिय र निर्मल नवज्योति सुस्त मनस्थिती विद्यालय सात्तव भएका छन् ।  प्रतियोगितामा ७ समुहको सहभागिता रहेको थियो ।

 

यस्तै वाल दिवसको अवसरमा सम्बन्धित सरकारी कार्यलयको उपस्थित नहुदा सहभागीहरुले खल्लो महशुश गरेका थिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु