पोखरा । अर्घाखाँची पोखरा संपर्क समाजले अर्घाखाँची घर माइती भई पोखरामा बसोबास गर्ने दिदीबैनीलाई दर खुवाउने कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
तीज पर्वलाई दिदिवहिनीका भेटघाट पर्वको रुपमा मनाउने क्रममा समाजले शुभकामना आदानप्रदान सम्मान तथा सामूहिक दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा बाक्लो सहभागिता रहेको जनाईएको छ । समाजले प्रमुख अतिथीका रुपमा पाल्नुभएका उच्चमाध्यमिक शिक्षा परिषद्का क्षेत्रीय निर्देशक रमेश अधिकारी अर्घाखाँची सहायक जिल्ला प्रमुख भेषराज खनाल पाल्पाका सहायक जिल्ला प्रमुख प्रेम न्योपाने लाई समाजले सम्मान गरेको छ ।
समाजका अध्यक्ष ज्ञानहरी आर्चायको अद्क्ष्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी रमेश अधिकारीसल्लाहकार रामप्रसाद खनाल प्रथम उपाध्यक्ष कृष्णकुमार पाण्डे माजु भट्टराई लगायतले बोलेका थिए ।
समाजका अध्यक्षले तीजको अवसरमा काम विषेशले विभिन्न स्थानमा छरिएर रहेका दिदिबहिनीका लागि एकै ठाँउमा भेला हुने र माइती नपाउँदाको बेदना बिसाउने थलो रहेको बताउनु भयो । उहाँले समाजमा अहिले देखा परेका भड्कीलो तीज लाई निरुसाहित पार्दै लोक संस्कृतीको जर्गेना गदै जानु पर्ने बताउनु भयो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।