जुम्ला । महिनाको एक दिन सर्वसाधारणको घरमा बस्ने कार्यक्रम अनुसार प्रधानमन्त्री भट्टराई जुम्ला पुगेका छन् । प्रधानमन्त्री भट्टराई आज जुम्लाको घना दलित बस्ती भएको तातोपानी गाविसको वडा नम्बर १ रांका गाउंका मानसिंह सार्कीको घरमा बास बस्ने छन् ।
मानबहादुर सार्की २०६२ जेठ ५ गते तत्कालीन राज्यपक्षले हत्या गरेकी नाबालिका सम्झना सार्कीका बाबु हुन् । प्रधानमन्त्री भट्टराई जुम्ला पुग्दा उनलाई बैद्य पक्षधर कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा दुई जना प्रहरी सहित ५ जना घाईते भएका छन् । घाईतेहरुको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जुम्ला जाँदै गर्दा आजै उहाँ चढेको हेलिकप्टरलाई मौसमको खराबीको कारण बाँकेको कचनापुरमा आकस्मिक अवतरण गराउनुपरेको थियो ।
यसअघि प्रधानमन्त्री जेठमा काठमाडौं, असारमा भक्तपुर र साउनमा चितवनको चेपाङ बस्तीमा बास बस्न र त्यहांका जनतासँग प्रत्यक्ष भेटघाट गर्न पुगेका थिए ।