इजरायल । अमेरिकी चलचित्र इनोसेन्स अफ मुश्लिमस् बिरुद्ध बिश्वभर प्रदर्शन चर्किनुको पछाडी इरानको हात रहेको आरोप इजरायलले लगाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्यपूर्वमा अमेरिका र पश्चिमा राष्ट्रहरुमा फैलिएको हिंसामा ईरानको हात रहेको स्पष्ट पारेका छन् । अमेरिकी टीभी च्यानेल एनबीसीलाई अन्तवार्ता दिने क्रममा प्रधानमन्त्री नेतान्याहुले परमाणु कार्यक्रमप्रती स्पष्ट हुन नसकेको ईरानले अरु राष्ट्रहरुलाई उक्साएको आरोप लगाएका छन् ।
ईरानको यस्तै रवैया रहे अमेरिका लगाएत इजरायल पनि चुप लागेर नबस्ने नेतान्याहुको भनाइ छ । साथै उनले ईरानले मध्यपूर्वको प्रदर्शनमा साथ दिईरहे इजरेलले सैन्य कारबाही गर्ने समेतको चेतावनी दिएका छन् । यधपी इजरायलको भनाईप्रती ईरानले कुनै प्रतिक्रिया दिएको छैन ।
– Agencies