चन्दा आतंक: एकीकृत माओवादीको क्रान्तिकारीले मागेजति चन्दा नदिएको भन्दै कञ्चनपुरको एक विद्यालयमा तोडफोड

कञ्चनपुर । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले मागेजति चन्दा नदिएको भन्दै कञ्चनपुरको एक विद्यालयमा तोडफोड गरेका छन् ।

 

क्रान्तिकारीका कार्यकर्ताहरुले ५० हजार रुपैयाँ चन्दा नदिएको भन्दै कञ्चनपुरको फलोरिडा इन्टरनेसनल उच्च माविमा तोडफोड गरेका हुन् ।

 

क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्रकान्त भट्टको नेतृत्वमा गएको समूहले फलोरिडा इन्टरनेसनल उच्च माविमा तोडफोड गरेको हो ।

 

विद्यालयमा कक्षा संचालन भइरहेको बेला पुगेको सो क्रान्तिकारी विद्यार्थीहरुको समूहले पार्किङ गरी राखिएका स्कूलका दुई वटा बस, कम्प्युटर, प्रिन्सपलको कार्यकक्ष र विद्यालय भवनका झ्याल ढोका तोडफोड गरेका हुन् ।

 

काठमडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनका लागि भनेर क्रान्तिकारीका कार्यकर्ताले देशभर चन्दा संकलन अभियान तिब्र बनाएका छन् । RSS