अनेरास्ववियु क्रान्तिकारी अर्घाखाँचीको अध्यक्षमा नयाँ नेतृत्व

– गणेश खनाल



अनेरास्ववियु कान्तिकारीको २३ औ जिल्ला सम्मेलन नया नेतृत्व चयन गर्दै सन्धिर्खकमा सम्पन्न भएको छ । उद्दघाटन सत्रमा मन्तव्य राख्दै कान्तिकारीका महासचिव विन्द्रमान विष्टले परिर्वतन सहितको सहमति नभए बर्तमान सरकारले राजिनामा नदिने बताउनुभएको छ । 

 


 

माओवादीलाई एउटा न एउटा बहाना बनाउदै काग्रेस एमालेले सहमति भन्दै विगतमा लचक हुदै आएको भन्दै यसपाली साञ्ची सहमति नभए लचक नहुने बताउनुभयो । 

 


 

कार्यक्रममा मन्तव्य राख्दै एकिकृत नेकपा माओवादी केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल,शुशिला श्रीपालेले नेपालका परिर्वतनकारी आन्दोलनमा विद्यार्थीको मुख्य भुमिका रहदै आएको स्मरण गदै अहिलेको सक्रमणकालिन राजनितीमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्न युवा विद्यार्थीलाई आग्रह गर्नुभएको थियो । 

 


 

कान्तिकारी जिल्ल्ला संयोजक प्रदिप परियारको अध्यक्षता,प्रकास आचार्यको स्वागत मन्तव्य र कृष्ण विकको सञ्चालनमा सम्पन्न उद्घघाटन कार्यक्रममा जिल्ला संयोजक गोविन्द के सी,जनवर्गिय संगठन प्रमुख ठाकुर कुमार वि.क. किशोर, अवध राज्य आयोजक समितीका सदस्य खिम बहादुर विक,जनवर्गिय संगठनको तर्फ बाट मान बहादुर पाण्डे,हिमाल खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । 

 


 

भेलाले प्रदिप परियारको अध्यक्षतामा ३१ सदस्यी नया कार्य समिती र्सवसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष्ँमा सचिव सहसचिव,कोषध्यक्षमा क्रमश:प्रकास आचार्य,राम बहादुर विक,विमल घिमिरे,जित बहादुर विक रहनु भएको छ ।

 






Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु