दैलेखमा बिषालु च्याउ खाएर विरामी परेका एकै परिवारका तीन जनाको मृत्यु

दैलेख  । दैलेखमा बिषालु च्याउ खाएर विरामी परेका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनबहादुर गुरुङ, छोरी मनकुमारी र बुहारी निर्मला छन् ।

 

 सिकिस्त अवस्थाका छोरा अम्बर गुरुङको भने भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

 

 मनबहादुर र मनकुमारीको जिल्ला अस्पताल दैलेख र निर्मलाको भारतको लखनऊमा उपचारका क्रममा मृत्यु भएको हो । गत भदौ २५ गते जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा विरामी परेका उनीहरुलाई सिकिस्त अवस्थामा २८ गते जिल्ला अस्पताल दैलेख लगिएको थियो । RSS