काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले पार्टीभित्र चरम भ्रष्टचार रहेको बताएका छन् । पार्टी भित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक समेत रहेका शेरचनले असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर विवरण सार्वजनिक गरिने समेत वताए ।
आज राजधानीमा भएको कार्यक्रममा उनले असोज ३ गतेसम्म उजुरीहरुमाथि छानविन गरिने जानकारी दिए । पार्टीमा माथिल्लो र तल्लो निकायसम्मै भ्रष्टाचार रहेको भन्दै गम्भीरतापूर्वक छानविन गरिरहेको उनको दाबी थियो ।
पार्टी विभाजनपछि सम्पत्ति बाँडफाडको विषयमा भइरहेको विवाद छिट्टै समाधान हुने भन्दै शेरचनले नेकपा