चीनमा जापान विरोधी प्रदर्शन व्यापक बन्दै गएपछि त्यहां सञ्चालित जापानी कम्पनीहरु धमाधम बन्द गर्न थालिएको छ । चिनियाँ प्रदर्शनकारीले आक्रमण गरेपछि जापानको प्यानासोेनिक कप्पनीले क्विङडओमा रहेका आफ्ना दुई फ्याक्ट्री बन्द गरेको जनाएको छ । त्यस्तै क्यानोनले पनि कारखाना सञ्चालन स्थगित गरेको छ ।
प्रदर्शनकारीहरुले जापानी मोटर कम्पनी टोयोटाको बेइजिङमा रहेको शो रुममा तोडफोड गरेका छन् । टोकियोले चीनमा जापानीहरुले संचालन गरेका व्यावसायमाथि आक्रमणमा बढेको भन्दै यसले अरु जापानी उद्योग पनि प्रभावित भएको जनाएको छ ।
यसबाट चीनमा जापानी लगानीमा दिर्घकालीन असर पर्न सक्ने आशंका गरिएको छ । चीनका विभिन्न शहरमा जापानमा बनेका कारहरु पनि तोड्फोड गरिएका छन् । जापानले पूर्वी चिनियां समुद्रमा रहेको विवादास्पद टापु यसका जापानी मालिकसंग खरिद गर्ने निर्णय गरेपछि चीनमा जापान विरोधी प्रदर्शन चर्किएको हो ।
मानवबस्ती नभए पनि प्रशस्त खनिज पदार्थ रहेको उक्त टापुमा चीनले आफ्नो सम्प्रभुता जोडिएको दाबी गर्दै आएको छ भने ताइवानले पनि उक्त टापुमा दाबी गरेको छ ।
आइतबार मात्रै जापानी प्रधानमन्त्री योशिहिको नाडाले आफ्ना नागरिकविरुद्ध चीनमा बढ्दो हिंसा रोक्न चीनका तर्फबाट सुरक्षाको प्रत्याभूति माग गरेका थिए ।
– एजेन्सी