– विनोद गैरे – सन्धिखर्क
अविरल वर्षातका कारण अर्घाखाँचीको जनजिवन प्रभावित वनेको छ । बिगत ४ दिन देखि परिरहेको वर्षतका कारण यहाँको जनजिवन कस्टकर वनेको हो । वर्षातका कारण अर्घाखाँचीका ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध छन् ।
जसको कारण अर्घाखाँचीमा यस् पटकको तीज खल्लो भएको छ । गाउघरका चेलीबेटी एकै ठाउँमा जम्मा भएर तिजका गिती भाका गाउँन पाएका छैनन ।
बर्षभरी घरको आफ्नै धन्दामा व्यस्त रहेका नेपाली चेलिहरु तिजमा माईतिघर गई तिजको दर खाने माइतिसंगै रमाईले गर्ने तिजको यो पूरानो रित अनुसार धेरै महिलाहरुले तिजमा माइतिघरमा गई यसरी तिज मनाउछु भनेर योजना त बुनेका थिए, तर विडम्वना ती सबै योजनालाई पानीले छताछुल्ल पारेको छ । यधपी छाता ओडेर सारी माथि माथि तानेर हिंड्ने केही महिलाहरुको चहलपहल पनि देखिन्छ । भरखर बिहे भएका तन्नेरी महिलाहरु वाटोमा देखिएता पनि उमेर ढल्केका महिलाहरुको चहल पहल न्युन देखिन्छ ।
एक आधा घण्टा हिडेर माईतिघर पुग्ने चेलिहरु फ्याट्ट फुट्ट हिडेको देखिएता पनि लामो दुरीमा माईतिघर पर्ने महिलाहरु भने माईतिघर जान नपाएकोमा निरासामा देखिन्छन् ।
गोखुङ्गा हाल सन्धिखर्क निवासी ६० वर्षिय उजेला घिमिरेले भन्नु भयो “धेरै तिजमा कहिले के हुने कहिले के हुने माईत जान पाईएको थिएन यस पालीको तिजमा जसरी भएपनि माईत जाने ठुलो योजना थियो दाइको छोरा पनि लिन आएको थियो” ।
“पाणीनि बहुमुखी क्पाम्पस वि.एड्.तेस्रो वर्षमा अध्यनरत सिद्धाराकी सिता पैडेल यसरी गुनासो पोखिन ‘घरमा आमा मात्र हुनुहुन्छ अरु कोहिपनि हुनुहुन्न अस्ति घर जान तयारी गरे पानीले धोका दियो हिज पनि त्यस्तै पानी परिरह्यो आज पनि झन भन्दा झन पानी वढेको छ घरमा आमा कति रुनु भएको होला बर्ष दिनको तिजमा पनि आमा संग हुन पाइएन आसुँका ढिक्का छोड्दै उनले भनिन’, अनले अगाडी थपिन प्रकृतिसंग कसैको केहि पनि लाग्दो रहेनछ आमालाई सम्झईरहेकी छु ।
सन्धिखर्कमा डेरा गरी पढ्न वस्नेहरु साथै छोराछोरीलाई वोडिङ्ग पढाउन सन्धिखर्क वस्नेहरु साथै विभिन्न पेशा व्यवसाय गरी बस्नेहरु पनि तीज मनाउन आ-आफ्नो घरपरिवार सग जुट्न नसकेकोमा निरास देखिन्छन ।
तिजमा घर जान नपाएकोमा विभिन्न गुनासा पोख्दै निकै चिन्तित र निरासामा देखिन्छन् । यसरी गुनासो पोख्ने अर्घाखाँचीमा मात्र होइन देशै भरी उल्लेखिय मात्रमा पाईन्छ । सदाका वर्षहरुमा आजको दिन नुवाकोटको पोखेडाडा , हंसपूरको रतन्मारे , गोखुङ्गाको सिमेदेउराली , ढाकावाङ्गको पिपलनेटा , धारापानीको धारापानी वजार , खिल्जीको उदयठाँटी , सन्धिखर्कको शान्ति वगैचा , वाग्लाको टुनिपोखरा , बल्कोटको पौवा , रोनीपोखरा , केरुङ्गाको अमराई वजार , छत्रगंजको वरपिपल , अर्घातोसको अर्घातोष वजार , ठाडाको अमराई वजार लगायत धेरै ठाउँमा ठुलो चेलीवेटीहरुको जमघट हुने गर्दथ्यो।
तर यसपाली भने ति सबै ठाउँमा सुन्यता छाउने अड्कल काट्न सकिन्छ । पानी विदो हुने कुनै कुनै संकेत देखिएको छैन ।
उता अभिरल वर्षातका कारण शनिवार साझँ गएको विजुलि वत्ति आइतबार साझँ ५ वजे मात्र सन्धिखर्कमा आएको छ । ग्रामिण क्षेत्रको लाइन भने अझै पनि अवरुद्ध छ ।
नेपाल विद्युत प्राधीकरण अर्घाखाँचीका प्राविधिक भोला पाण्डेका अनुसार नुवाकोट लगायतका ठाँउमा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।
फल्ड भेटिएका ठाँउको लाइन लाई कटौती गरी लाईनलाई सुचारु गरिएको छ विग्रिएको ठाउमा पोलहरु ढलेकाछन् पानी पर्न छाडेपछि तुरुन्त मर्मत सम्हार गरी लाइन सुचारु गरीने जानाकारी दिनु भएको छ ।
उता देउराली यातायातका काउन्टरमेन तुल्सि गैरेका अनुसार अविरल वर्षातका कारण ग्रामीण सडकहरु पूर्ण रुपमा अवरुद्ध छन् । हंसपूर , गोखुङ्गा , नुवाकोट , खिल्जी , असुरकोट , धारपानी , ढाकावाङ्ग , सिमलपानी , सिद्धारा , वल्कोट , केरुङ्गा , छत्रगंज साथै अर्घातोष क्षेत्रहरुका सडक पूर्ण रुपमा अबरुद्द छन् ।
ठाँउ ठाँउमा ठुला ठुला पहिराहरु गएका छन् भन्ने जानाकारी ठाँउठाउँवाट प्राप्त भएका छन् । घाम लागेपछि मात्र आवस्यक सवारी साधन सञ्चालनमा ल्याउन सकिने देखिन्छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।