एजेन्सी – अफगानिस्तानमा नेटो सेनामाथि अफगानी सुरक्षाकर्मीबाटै आक्रमण बढ्न थालेपछि नेटोले अफगान सेनासंगको संयुक्त अपरेशन हाललाई स्थगित गरेको छ ।
ठूला अपरेशनका लागि गस्तीमा जानु पर्ने स्थितिको मुल्यांकनपछि मात्रै नेटो सेना अफगान सेनासंग संयुक्त अपरेशनमा जाने बताइएको छ । नेटोको यो निर्णय आफ्नै रणनीतिका लागि ठूलो धक्का भएको बताइएको छ । राजधानी काबुलमा विदेशीहरुलाई लिएर गइरहेको बस आत्मघाती आक्रमणकारीको निशानामा परेको भोलिपल्टै नेटोले यस्तो निर्णय गरेको हो ।
यसैबीच नेटोले हेलमन्दस्थित बास्टिअन क्याम्प आक्रमणमा संलग्न मानिएका तालिवानका एक उच्च नेता र केही लडाकुलाई पक्राउ परेको नेटोले जनाएका छ ।
RSS