मुम्बई आतंकवादी आक्रमणका अभियुक्त कसाबले राष्ट्रपति प्रणब मुखर्जीसंग मृत्युदण्ड सजाय माफीको याचिका पेश

मुम्बईमा सन् २००८ मा भएको आतंकवादी आक्रमणका एक मात्र जिवित अभियुक्त अजमल अमिर कसाबले भारतका राष्ट्रपति प्रणब मुखर्जीसंग आफ्नो मृत्युदण्ड सजाय माफीको याचिका पेश गरेका छन् ।

 

 कसाबको यो याचिका पहिला महाराष्ट्रका राज्यपाल समक्ष पुगेपछि मात्र राष्ट्रपतिको कार्यालयमा पठाइने प्रक्रिया रहेको छ । भारतका पूर्व गृहमन्त्री पी चिदम्बरमका अनुसार राष्ट्रपति समक्ष कसाब भन्दा अघि २९ जनाले विभिन्न सजायको पाएको माफीका सम्बन्धमा पत्र लेखिसकेका छन् ।

 

यसबाट कसाबले माफी नै पाए पनि त्यो निकै लामो समय पछि मात्रै हुने छ । पूर्व राष्ट्रपति प्रतिभा पाटिलले पनि आफ्नो कार्यकालमा ३५ जना अपराधीको मृत्युदण्डको सजायलाई माफी दिनु भएको थियो ।
 
यता भारतका विभिन्न राजनीतिक र सामाजिक संगठनले कसाबलाई छिटो भन्दा छिटो फांसी दिनु पर्ने माग गरेका छन् । मुम्बईमा सन् २००८ को नोभेम्बर २६ मा भएको आक्रमण पछि पक्राउ परेका कसाबलाई दोषी ठहर गर्दै भारतको सर्वोच्च अदालतले गत वर्ष मृत्युदण्डको सजाय सुनाएको थियो ।

 

– एजेन्सी