हाम्री आमाले सुकाएको विसुन भगेरी चरीले मैदानमा लरी लरर
आफ्नो भन्नी माईतमा कोही छैन्न माईतघर सम्झेर रुन्छ मन धरी धरर॥
कृष्ण खनाल
बुटवल । बुटवल लक्ष्मीनगरकी सावित्रा कार्कीले बुटवल बहुमुखिको मौदानमा तिजको गित गाउदा छवैमा बसेका महिला तथा पुरुषले समेत गितको भाकामा तालि बजाएर साथ थिएका थिए ।
गत बर्ष उनले सोहि मैदानमा नेता र संविधानमा आधारीत रहेर गीत शुसेलेको भए पनि यसपाली भने उनको मनमा राजनीति भन्ने शव्द समेत आएन ।
यो एउटा उदाहरण मात्र हो यस पालिको तिजको दिन गत बर्षको भन्दा भिन्दै भएको सबैले आभाष पाएका थिए । कारण हो गीतका भाकामा राजनीतिकोँर, समेत भेटिएको थिएन ।
गत विगतका बर्षमा नेपाली जनताले आशा गरेको संविधान बनाउनको लागि संविधान छिटो भन्दा छिटो बनाउ जस्ता भाकाहरु गाउने नारीहरुले यसपाली भने पुरानै भाका तथा मौलिक नेपालीपनमा आधारीत भाकाहरु गाए ।
नेपाली महिलाहरुको तिजमा पुरुषवादी संस्कृती हावी हुदै जानुमहिलाहरु एकल रुपमा नाचेको समयमा जोडी नाच्नु भन्दै हस्तक्षेप गर्नु एउट पुरुषहरुको हस्तक्षेकारी आचरण हावी हुदै गए पनि मौलीकता बचाउनको लागि भए पनि महिलाहरुले तीजलाई निरन्तता दिनुपर्ने आवश्यक छ ।