डिल्लीराज घिमिरे
मैदान ५ अर्घाखाँची
बर्ष दिनको प्रतिक्षा मा आज मात्र आयो
रमाइलो गर्दा गर्दै आयो तिज आजै गयो
कति चेली खुसि भए कति चेली दुखि भए
कति चेली माइत गए कति चेली घरमै रहे
कोहि भन्छन तिज रमाइलो गर्ने खेल हो
कोहि भन्छन तिज आसु धारा भेल हो
कोइ भन्छन तिज राम्रो लाउने दिन हो
कोइ भन्छन तिज गरिब दुखीको ऋण हो
किन आउछौं तिज तिमि गरिब दुखि रुवाउन
बिचरा चेलीहरुलाई आसुधरा खुवाउन
गरगहना र रति साडी धनि लाइ सधै गाडी
गरिबलाई दुख पिडा सहित हुन्छ सधै आसु बाढी