काठमाडौं । मधेशी मोर्चा र प्रमुख तीन दल संविधानसभा पुनस्र्थापना गर्न नहुने निश्कर्ष निकाल्दै नयाँ चुनावबारे छलफल थाल्ने निर्णयमा पुगेका छन् ।
सेना समायोजन विशेष समितिको सचिवालयमा आज साँझ बसेको एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाको बैठकले संविधानसभा पुनस्र्थापनाको बाटो बन्द गर्दै नयाँ चुनावको दिशामा अघि वढ्ने निर्णय गरेको हो ।
नयाँ चुनाव गर्नुपर्नेमा दलहरुबीच करिब सहमति बने पनि काँग्रेस एमालेले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अडान राखेका छन् । संविधानसभा पुनस्र्थापनाको बाटो बन्द भएको भन्दै नेताहरुले थप छलफलपछि कसरी निर्वाचनमा जाने भन्ने टुङ्गो लाग्ने जानकारी दिए ।
यसअघि पनि कांग्रेस