रुस सरकारको आग्रहपछि अमेरीकाले रुसस्थित आफ्नो मिशन युएस एडको कार्यालय बन्द गर्ने भएको छ । अमेरीकी सहयोग नियोग युएस एड बन्द हुने भएपछि दुई दशकदेखि रुसका विभिन्न शहरमा संचालित दर्जनौं अमेरीकी परियोजना रोकिने भएका छन् ।
यसअघि रुस सरकारले यही अक्टोबर १ तारिखसम्म युएस एडअन्तर्गत आफनो देशमा संचालित सबै कार्यक्रम बन्द गर्न आदेश दिएको थियो ।
रुसले अमेरीकालगायतका केही मुलुकले विकाश र मानवीय कार्यक्रमको नाममा आफ्नो देशमा सरकार विराधी प्रदर्शन उक्साएको आरोप लगाउदै आएको छ । पछिल्लो समय राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध प्रदर्शन बढ्नुमा अमेरीकी सहयोग नियोगहरुको हात रहेको रुसी आरोप छ ।
युएस एडले रुसमा पछिल्लो दुई दशकमा तीन बिलियन अमेरीकी डलरभन्दा धेरै खर्च गरिसकेको छ ।
– एजेन्सी