चीनले पूर्वी चीनमा रहेको टापुमाथि जापानी हस्तक्षेप रहे दुई देशबीचको आर्थिक सम्वन्ध ध्वस्त हुने चेतावनी

चीनले पूर्वी चीनमा रहेको टापुमाथि जापानी हस्तक्षेप रहे दुई देशबीचको आर्थिक सम्वन्ध ध्वस्त हुने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई देशको व्यावसायिक सम्वन्ध बिग्रिए त्यसको जिम्मेवार जापान हुने बताएको हो ।

 

वाणिज्य मन्त्रालयले जापानले डियायु टापु किन्ने कुराले चीनको भौगोलिक अखण्डतामाथि नै प्रहार गरेको जनाएको छ ।
 
जापान युरोपेली युनियन र अमेरिकापछि चीनको तेस्रो व्यावसायिक साझेदार हो । दुई देशबीच ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको वार्षिक कारोबार हुँदै आएको छ । यो कारोबार पछिल्लो एक दशकमा तेब्बर बढेको हो । टापु बिक्रीको विरोधमा चीनमा जापानी लगानीका उद्योगमाथि आक्रमण जारी छ । आक्रमणपछि कतिपय जापानी कम्पनीहरु बन्द भएका छन् ।

 

चीनमा जापानी उत्पादनविरोधी अभियान नै सुरु भएपछि कतिपय जापानी लगानीकर्ताहरु अन्यौलमा छन् ।

 

– एजेन्सी